२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधरानमा भेन्टिलेटरमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

धरानमा भेन्टिलेटरमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भेन्टिलेटरमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाकाअनुसार सप्तरी राजविराज—३ का ६३ वर्षीय पुरुषको शनिबार विहान १ः३० बजे मृत्यु भएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरस्थित विराट मेडिकल कलेजले उनलाई विपी प्रतिष्ठान धरानमा रिफर गरेको थियो । उनमा यसअघि अन्य रोग र दीर्घ रोग समेत नरहेको प्रवक्ता सापकोटाले बताए ।

ती पुरुषमा ८ असोजमा धरानमा पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यही दिनदेखि उनलाई विपी प्रतिष्ठानको कोभिड—१९ अस्पतालमा भर्ना गरेर  भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो ।

डा. सापकोटाले ती मृतकको शव व्यवस्थापन कोभिड—१९ शव व्यवस्थापन मापदण्डअनुसार हुने तयारी भइरहेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ