२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ७२४ सहित थप १२०७ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ७२४ सहित थप १२०७ जनामा कोरोना पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकामा ७ सय २४ सहित थप १ हजार २ सय ७ जना कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार २ सय ७ जना जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार थप १ हजार २ सय ७ जनामा संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय २१ जना पुगेको छ। जसमध्ये १८ हजार ३ सय ४१ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना कहर तीव्र रुपमा फैलिरहेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै ५ सय ८३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या १ हजार १ सय ४७ जना रहेको छ।

यस्तै, आज थप ८ जना को मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँका ६३ वर्षीय पुरुष, २० वर्षीय कोशोर र ७४ वर्षीय वृद्ध, भक्तपुरका ८८ वर्षीय वृद्ध, मकवानपुरका ७४ वर्षीय वृद्ध, ललितपुरका ७६ वर्षीय वृद्ध, रुपन्देहीका ७२ वर्षीय वृद्ध र कैलालीका ३० वर्षीय पुरुषको निधन भएको हो।

यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ४ सय ३७ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ