२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गर्‍यो मुगु जिल्ला अस्पतालमा विशेषज्ञ सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गर्‍यो मुगु जिल्ला अस्पतालमा विशेषज्ञ सेवा


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुगु जिल्ला अस्पतालबाट विशेषज्ञ सेवा सुरु गरेको छ । प्रतिष्ठानले विशेषज्ञ चिकित्सक पठाएर मुगु जिल्ला अस्पतालबाट समेत सेवा सुरु गरेको हो ।

प्रतिष्ठानका विशेषज्ञ एमडिजिपी चिकित्सक सिद्धार्थ धोज खातीलाई पठाएर मुगु जिल्ला अस्पतालबाट विशेषज्ञ सेवा विस्तार गरेको अस्पताल निर्देशक चिकित्सक मंगल रावललले बताए ।

मुगु जिल्ला अस्पतालबाटै अब इमर्जेन्सी शल्यक्रियालगायतका सेवाहरु सञ्चालन हुनेछन् । ‘विशेषज्ञ सेवा विस्तार गरिएको पहललाई सार्थक बनाउन मुगुवासी सबै लाग्नु हुनेछ भन्ने आशा छ,’ रावलले भने ।

मुगु जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुँदा बिरामीहरु उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आउने गरेका थिए । अब जिल्लामा विशेषज्ञ सेवा सुरु भएपछि सहज हुने भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ