२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसामाजिक संजालले किशोर किशोरीमा डिप्रेसन

सामाजिक संजालले किशोर किशोरीमा डिप्रेसन


एजेन्सी । सामाजिक संजालका कारण किशोर किशोरी डिप्रेसनको शिकार हुने गरेको एक अध्ययनले देखाएको छ । विशेषगरी किशोरीमा यस्तो समस्या देखिने गरेको सो अध्ययनमा उल्लेख छ । दी ल्यान्सेट चाइल्ड एन्ड एडलोसेन्ट हेल्थमा प्रकाशित सो अध्ययनका लागि बेलायतका १३ देखि १६ वर्ष उमेर समूहका १० हजार जनासँग अन्र्तवार्ता लिइएको थियो ।

सामाजिक संजालकै कारण किशोरीहरु दुव्र्यबहारको शिकार हुने गरेको र उनीहरुमा बिस्तारै निन्दा र शारिरक गतिविधि प्रभावित हुने अध्ययनमा दर्शाइएको छ ।

‘सामाजिक संजाल आफैले हानी गर्दैन, तर यसको बारम्बारको प्रयोगले मानसिक स्वास्थ्यमा प्रभाव पार्ने गतिविधि जस्तै निन्द्रा, व्यायायममा अशर गर्छ,’ अध्ययनका सह–लेखक युसीएल ग्रेट र्अमोन्ड स्ट्रिट इन्स्टिच्युट अफ चाइल्ड हेल्थका रसेल भिनर भन्छन् ।
अध्ययन अनुसार सामाजिक संजाल आफैमा मानसिक स्वास्थ्यका लागि दोषी छैन, बरु यसले किशोरीहरुको निद्राको गुणस्तर हरण गरेको छ र मानसिक समस्या निम्त्याएको छ ।

युनिर्भसिटी अफ सरेका प्राध्यापक बब प्याटोनले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि किशोर किशोरीले सामाजिक संजालमा थोरै समय व्यतित गर्नुपर्ने सुझाब दिए । ‘उचित निन्दा्र र व्यायायमले किशोर किशोरीलाई शारिरिक तथा मनोवैज्ञानिक अशरबाट जोगाउन सकिन्छ,’ प्याटनले भने ।

अध्ययनका लागि किशोर किशोरीलाई सन् २०१३ देखि सन् २०१५ सम्म अनुसन्धान गरिएको थियो । सहभागीले बारम्बार सामाजिक संजालमा बिताउने गरेका थिए । उनीहरु फेसबुक, इन्सरग्राम, ह्वाट्सएप, टविटर, स्नापच्याटमा अधिकांश समय व्यतित गर्ने बताएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ