२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ८०९ सहित थपिए १५७३ संक्रमित

काठमाडौं उपत्यकामा ८०९ सहित थपिए १५७३ संक्रमित


काठमाडौं– काठमाडौं उपत्यकामा ८ सय ९ सहित थप १ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार थप  १५७३  संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ७३ हजार ३ सय ९४ जना पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १९ हजार १९ जना रहेका छन्।

पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना कहर तीव्र रुपमा फैलिरहेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै ६ सय ३३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, भक्तपुरमा ७२ जना र ललितपुरमा १ सय ४ जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या  ८ सय ८५ जना  रहेको छ।

कुन प्रदेशमा कति संक्रमित थपिए ?

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ