२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १० जना संक्रमितको निधन, ३३ जना संक्रमित भेन्टिलेटरमा

थप १० जना संक्रमितको निधन, ३३ जना संक्रमित भेन्टिलेटरमा


काठमाडौँ – थप १० जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ९ पुरुष गरी थप ६ जना संक्रमितको मृत्युको हो।

पछिल्लो २४ घण्टामा बाराका २० वर्षीय युवक, ललितपुरका ४२ वर्षीय पुरुष, ७७ वर्षीय वृद्ध, काठमाडौँकी ५० वर्षीया महिला, ६१ र ६२ वर्षीय पुरुष, रुपन्देहीका ७२ वर्षीय वृद्ध, वर्दियाका ६३ वर्षीय वृद्ध, ५० वर्षीय वृद्ध र अछामका ३४ वर्षीय पुरुषको मृत्यु भएको हो।

यससँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ४ सय ७७ पुगेको छ।

बागमती प्रदेशमा २६ जना संक्रमित भेन्टिलेटरमा

यस्तै, आइतबार मात्रै ३३ जना कोरोना विरामी भेन्टिलेटरमा उपचाररत छन्। जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशका रहेका छन्। बागमती प्रदेशका २६ जना कोरोना विरामीको भेन्टिलेटरमा उपचार भैरहेको छ।

त्यस्तै, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा ४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। यता, आइसीयुमा २ सय २५ जना संक्रमित उपचाररत छन्। जसमध्ये बागमती प्रदेशमा मात्रै १ सय २२ जना छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ