२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमन्त्रालयले भन्यो, ‘६० वर्ष पुगेका र दिर्घरोगीहरु सकेसम्म घरबाट ननिस्कौं’

मन्त्रालयले भन्यो, ‘६० वर्ष पुगेका र दिर्घरोगीहरु सकेसम्म घरबाट ननिस्कौं’


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष उमेर पुगेका, दिर्घरोगी र बालबालिकालाई सकेसम्म घरबाट ननिस्कन अनुरोध गरेको छ।

मन्त्रालयले काठमाडौँ उपत्यका, मोरङ, चितवन र सुर्खेत लगायतका उच्च संक्रमणको जोखिम भएकोले त्यहाँ बसोबास गर्ने दिर्घ रोगी, बालबालिका र  वृद्धावस्थाका व्यक्तिलाई घरबाट काम नपरी ननिस्कन अनुरोध गरेको हो।

६० वर्ष कटेका, मिर्गैला पिडित, डाइबेटिज-हाइपोटेन्सनका भएका, रोगका विरुद्ध लड्न सक्ने क्षमता कम भएका र क्यान्सरजस्ता दिर्घ रोग लागेका विरामीले घरबाट निस्कन परे अनिवार्य मास्क लगाउन, दुई मिटरको दुरी कायम गर्न, स्यानीटाइजर प्रयोग गर्न र हात धुन मन्त्रालयले अनुरोध गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन।

‘घरबाट सानो कामबाट निसिक्दा ठुलो रोग लिएर घर फर्किने सम्भावना भएकोले स्वास्थ्यको मापदण्ड अनिवार्यरुपमा पालना गर्न अनुरोध गर्दछौ ।, ‘डा.  गौतमले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ