२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्स गायिका मीना कार्कीसँग भिडियो वार्ता : मान्छेको जन्म र मृत्यु नर्सकै काखमा हुन्छ

नर्स गायिका मीना कार्कीसँग भिडियो वार्ता : मान्छेको जन्म र मृत्यु नर्सकै काखमा हुन्छ


काठमाडौ–नर्स मीना कार्कीले नर्सिङ सेवा सुरु गरेको २५ वर्ष भयो । १७ वर्षको उमेरमा अनमी पास गरेपछि उनलाई परिवार नियोजन संघले बोलाएर जागिर दिएको थियो । ५ वर्षपछि लोकसेवा पास गरेर सरकारी सेवामा प्रवेश गरेकी उनले १५ वर्ष देशका १६ जिल्लाका दुर्गम स्वास्थ्य संस्थामा बसेर काम गरिन् ।

हाल उनी ललितपुरमा रहेको मानसिक अस्पतालमा काम गरिरहेकी छन् । मानसिक अस्पतालमा काम गर्दा उनले भेटाउने अधिकांश बिरामी जीवनदेखि हार खाइसकेका हुन्छन् । उनीहरुमा आशा जगाउनु र जीवनप्रति मायाको भावना विकसित गराउनु उनीलगायत त्यहाँ काम गर्ने चिकित्सक तथा नर्सको ड्युटी हो ।

अस्पतालको छिर्दै गर्दा मानसिक रुपमा थाकेका बिरामीलाई अस्पतालबाट निस्कँदा अब जीवन सुन्दर रहेछ भन्दै गेटबाट निस्केको दृश्यले उनका हर्षका आँसु झर्छन् । ‘त्योभन्दा आनन्दको क्षण अरु के हुन्छ र,’ मीना भन्छिन् ।

अस्पताल गएका बेला नर्सले लगाएको सेतो एप्रोन देखेर उनमा नर्स हुने इच्छा जागेको हो । त्यो इच्छा पूरा गर्न उनले देशकै दुर्गम जुम्ला गएर अनमी पढिन् । जुम्लामा उनले घाँस काट्न गएका, मेलापात गएका महिलाहरु त्यही सुत्केरी भएर हँसियाले नाल काटेको देखिन् ।

नवलपरासीमा जागिर खादा गर्भमै बच्चाको मृत्यु भएर अधिक रक्तस्राव भइरहेकी महिलालाई आफ्नो सीप प्रयोग गरेर बचाउन पाएको क्षण उनी कहिल्यै भुल्न सक्दिनन् ।

नर्सिङ पेशामा लागेर आफूले बिरामीको सेवा गर्न पाउनु नै ठूलो उपलब्धि मान्छिन् । त्यसबाहेक सरकारी कोटाबाटै एमएसी नर्सिङसम्मको अध्ययनको अवसर पाउनु, हजारौं साथी बनाउन पाउनु, देश—विदेशका विभिन्न सेमिनारमा भाग लिन पाउनु नै ठूलो अवसर भएको उनी बताउँछिन् । ‘मैले सरकारी सेवामा नर्स भएर आएकै कारण अहिले यो स्थानमा पुगेकी हुँ । त्यसमा गर्व छ,’ उनी भन्छिन् ‘मान्छेको जन्म र मृत्यु हाम्रै काखमा हुन्छ । त्यो अरु कसले भोग्न पाउछ र ?’

उनी एक कुशल नर्स मात्र होइनन्, सुमधुर स्वरकी धनी गायिका पनि हुन् । आफ्नै प्रयासमा गीत गाउँदै आएकी उनी पछिल्लो समय नर्स सम्बन्धि गीत निकालेकी छन् । नेपालको नर्सिङ इतिहासमा नै उनले नर्सहरुको विषयमा पहिलो पटक गीत बनाएकी हुन् । संगीतलाई सोखको रुपमा लिएकी उनी सानैदेखि गीत गुनगुनाउथिन् । ‘कुनै समय म रेडियो नेपालबाट बज्ने सबै गीत गाउँथे,’ उनी भन्छिन्, ‘संगीत मेरो सोख हो, नर्सिङ पेशा ।’

कार्कीसँगको भिडियो वार्ता




क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ