२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रदेश १ मा १८१ जना कोरोना पुष्टि, विराटनगरमा मात्रै थपिए १३० जना

प्रदेश १ मा १८१ जना कोरोना पुष्टि, विराटनगरमा मात्रै थपिए १३० जना


विराटनगर – विराटनगरमा १ सय ३० जना सहित प्रदेश १ मा थप १ सय ८१ जनामा  कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप १ सय ८१ जनामा  कोरोना पुष्टि भएको हो ।

दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।

मन्त्रालयका अनुसार आइतबार विराटनगरमा देखिएको संक्रमित मध्ये ५१ महिला र ७९ जना पुरुष रहेका छन् । मोरङमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, ते¥हथुम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको हो।

मोरङको कटहरीमा ८ महिला र ९ पुरुष, बुढीगंगामा ३ महिला र ११ पुरुष, जहदा र धनपालथानमा २–२ पुरुष, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता, सुनसरीको दुहवीमा १ महिला र ४ पुरुष, धरान र इटहरीमा १–१ पुरुष, झापाको विर्तामोडमा १ महिला, अर्जुनधारा र दमकमा १–१ पुरुष, भोजपुरको स्थानीय तह नखुलेका १ महिला १ पुरुष, ते¥हथुमको लालीगुराँसमा १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ३६ पुगेको छ ।

प्रदेश १ मा आज ३६ जना डिस्चार्ज भएका छन् । इलाम अस्पताल आईसोलेसन केन्द्रबाट १९, झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट १२, न्युरो अस्पताल विराटनगरबाट ३, मारवाडी सेवा सदन आईसोलेसनबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ८२५ पुगेको हो ।

यस्तै, प्रदेश १ मा आज मात्रै ९ सय ६७ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये ६५ महिला र ११६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २० हजार ९९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ