गृहपृष्ठ ∕ समाचार ∕ ३ हजार ८ सय ९९ मा पीसीआर परीक्षण गर्न सक्छौं– निजी प्रयोगशाला व्यवसायी ३ हजार ८ सय ९९ मा पीसीआर परीक्षण गर्न सक्छौं– निजी प्रयोगशाला व्यवसायी हेल्थ आवाज सोमबार, २०७७ असोज १२ गते, ०७:५२ मा प्रकाशित काठमाडौं– निजी प्रयोगशाला सञ्चालकहरुले कोभिड–१९ को आरटी पीसीआर परीक्षण ३ हजार ८ सय ९९ रुपैयाँमा गर्ने भएका छन् । सरकारले निर्धारण गरेको २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न नसक्ने बताउँदै आएका उनीहरुले ३ हजार ८ सय ९९ रुपैयाँसम्म पीसीआर परीक्षण गर्न सक्ने बताएका हुन् । मन्त्रालयले निर्धारण गरेको भन्दा पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम निर्धारित शुल्क ३ हजार ८ सय ९९ रुपैयाँमा यथार्थपरक रहेको निजी ल्याब तथा अस्पतालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । हाल शुल्कको विषयमा मन्त्रालयसँग छलफल भैरहेको छ र छलफल सकारात्मक भएको जनाइएको छ । मन्त्रालयले नयाँ दररेट नतोकेसम्म ३ हजार ८ सय ९९ रुपैयाँमै पीसीआर परीक्षण गर्ने विज्ञप्तीमा भनिएको छ । निजी ल्याबहरुले यसअघि ४ हजार ४ सय रुपैयाँ लिएर पीसीआर परीक्षण गरिरहेका थिए । त्यसलाई घटाएर ३ हजार ८ सय ९९ रुपैयाँमा गर्ने घोषणा गरेका हुन् । केही निजी अस्पताल तथा प्रयोगशालाहरुले भने सरकारले तोकेको २ हजारमै पीसीआर परीक्षण गर्दै आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ५ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र दशैंका के खाने, कसरी खाने ? स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र दशैंका के खाने, कसरी खाने ?