२०८२ असार १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति गोदानको आपत्ति

चिकित्सा शिक्षा आयोगमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति गोदानको आपत्ति


काठमाडौं—सरकारी चिकित्सक संघ (गोदान)ले आफ्ना माग बुझाउन राष्ट्रिय चिकित्सा शिक्षा आयोग पुगेका चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति आपत्ति प्रकट गरेको छ ।

सोमबार संघका अध्यक्ष डा. रविन खड्का र महासचिव डा.कीर्तिपाल सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा गोदानले चिकित्सकमाथि प्रहरी बल प्रयोग लाठी र बुट चार्ज खेदपूर्ण भएको उल्लेख छ ।

संघले चिकित्सकको समूहमाथि भएको दुर्व्यहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदैं आयोगको कार्यशैलीमा प्रश्न समेत उठाएको छ । ‘चिकित्सा शिक्षा आयोगको कार्यशैलीमाथि विभिन्न सरोकारवालाहरुको बारम्बार आपत्ति हुँदाहुँदै पनि आयोग भने एकलौटी निर्णय गर्दै अगाडि बढिरहेको छ,’ विज्ञप्तिमा छ, ‘त्यसमाथि हिजोको दमनले आयोगको जवाफदेहितामा नै प्रश्न उब्जाएको छ ।’

गोदानले सम्पूर्ण पीडित चिकित्सकको साथमा रहेको जनाउँदैं यथाशीघ्र कानुनी कारवाहीको माग समेत गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ