२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ८ सय १७ सहित थप १३५१ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ८ सय १७ सहित थप १३५१ जनामा कोरोना संक्रमण


काठमाडौं– काठमाडौं उपत्यकामा ८ सय १७ सहित थप १ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार थप १ हजार ३ सय ५१ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ७४ हजार ७ सय ४५  जना पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १९ हजार ६ सय २४ जना रहेका छन्।

पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना कहर तीव्र रुपमा फैलिरहेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै ६ सय ४९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, भक्तपुरमा ३६ जना र ललितपुरमा १ सय ३२  जना नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या ७ सय ४२  जना रहेको छ। त्यस्तै, हाल भेन्टीलेटरमा ३१ जना संक्रमित उपचाररत छन् भने आइसियुमा मात्रै २ सय २५ जना संक्रमित उपचारमा छन्

आज थप ४ संक्रमितको निधन भएको छ । पछिल्लो २४ घन्टामा सुनसरीकी ३८ वर्षीया महिला, भक्तपुरकी ५१ वर्षीया महिला, बाँकेका ४७ वर्षीय पुरुष र गुल्मीका ३४ वर्षीय पुरुषको निधन भएको हो । यससँगै मृत्यु हुने संक्रमितको संख्या ४ सय ८१ पुगेको छ ।

कुन प्रदेशमा कति संक्रमित थपिए ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ