२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालकी महिला कर्मचारीको कोरोनाबाट मृत्यु

त्रिवि शिक्षण अस्पतालकी महिला कर्मचारीको कोरोनाबाट मृत्यु


काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित महिला कर्मचारीको मृत्यु भएको छ । ३ असोजमा ज्वरो र श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएकी उनको मंगलबार बिहान मृत्यु भएको अस्पतालका कोभिड–१९ व्यवस्थापन संयोजक डा। सन्तकुमार दासले जानकारी दिए ।

लामो समयदेखि दमको बिरामी रहेकी ती महिलामा ३ असोजमा कोभिड–१९ पुष्टि भएको थियो । ५ असोजबाट स्वास्थ्यमा थप समस्या बढ्दै गएपछि उनलाई आइसियु र भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

५७ वर्षीया ती महिला अस्पतालको डी एडिक्सन वार्डमा कार्यरत थिइन् । उनको मृत्युको कारण कोभिड निमोनिया भएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ