२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहोत्तरीका स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु

महोत्तरीका स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु


जनकपुर– पर्साको जगनाथपुर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ५८ वर्षिय अहेव रामसकिल साहको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको बुढानिलकण्ठस्थित करुणा अस्पतालमा मृत्यु भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

महोत्तरीको मनरा नगरपालिका–७ सबैला स्थायी घर भएका साहलाई १९ भदौंदेखि रुघाखोकी लागेको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनालाई जनकपुरको चन्द्रकला अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार गराउँदा स्वास्थ्यमा खासै सुधार नआएपछि
उनलाई थप उपचारका लागि १ असोजमा काठमाडौंको करुणा अस्पतालमा लगिएको थियो ।

५ असोजमा उनमा पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । अवस्था गम्भीर बन्दै गएपछि असोज ७ गते रातिदेखि नै उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ