२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार७ महिनामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा १८६ जना बिरामीको ओपन हार्ट शल्यक्रिया

७ महिनामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा १८६ जना बिरामीको ओपन हार्ट शल्यक्रिया


काठमाडौं– लकडाउन भएको ७ महिना यता शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा १ सय ८६ जनाको ओपन हार्ट शल्यक्रिया भएको छ । विश्व मुटु दिवसको अवसरमा केन्द्रले १२ चैत देखि १० असोजसम्म १ सय ८६ जनाको शल्यक्रिया भएको जानकारी गराएको हो ।

यो अवधिमा ६ हजार ४ सय ६१ जना बिरामीले केन्द्रबाट आकस्मिक सेवा लिएका छन् भने १ हजार ८ सय ५१ जना बिरामीले अन्तरंग बिरामी भर्ना सेवा लिएका छन् । क्याथ ल्याब प्रोसिड्युअर अन्तर्गत १ हजार २ सय २९ जना बिरामीले सेवा लिएका छन् । जसमध्ये प्राइमरी एन्जियोप्लाष्टिमा १ सय ७६ जना, परमानेन्ट पेसमेकरमा ९९ जना, कोरोनरी एन्जिओग्राफीमा ५ सय ८७ जना, कोरोनरी एन्जिओप्लास्टीमा २ सय ५३ जना बिरामीको उपचार भएको छ । यसैगरी ८० जना कोरोना संक्रमित बिरामीको उपचार भएको केन्द्रका निर्देेेेशक डाक्टर चन्द्रमणी अधिकारीले जनाकारी दिए।

विश्व मुटु दिवसको अवसरमा केन्द्रले विभिन्न गतिविधि गर्दै यो अवधिमा भएका कामबारे जानकारी गराएको हो । यो सँगै केन्द्रले मंगलबार बिहान ७ः३० बजे नेपाल हार्ट नेटको सहयोगमा माइतीघरदेखि कोटेश्वरसम्म सचेतनामूलक कार ¥याली सम्पन्न गरेको छ । यसैगरी कोभिड–१९ को महामारीका बिचमा पनि बिरामीहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीको सेवालाई सम्मान गर्दै पुष्प गुच्छा वितरण गरेको थियो ।

यस्तै, केन्द्रले प्रविधिको प्रयोग गर्र्दै दुईवटा प्रस्तूती गरेको थियो । जसमा मन लगाऔं मुटु जोगाऔं भन्ने नाराका साथ मुटुरोगको बारेमा जानकारी, मुटुरोगका कारक तत्वहरु मुटुरोगको रोकथाम तथा उपचारको प्रविधिको बारेमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत जानकारी दिने काम गरेको थियो । अर्को कोभिड १९ को यस विषम परिस्थितीमा केन्द्रले प्रदान गरेको सेवाका बारेमा जानकारी गराएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ