२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली प्रतिष्ठानका २ चिकित्सकसहित २५ नर्स तथा कर्मचारी संक्रमित

कर्णाली प्रतिष्ठानका २ चिकित्सकसहित २५ नर्स तथा कर्मचारी संक्रमित


काठमाडौं–केही दिनदेखि कोरोनामुक्त भएको भनिएको जुम्लामा पुनः कोरोना संक्रमण देखिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत विशेषज्ञ चिकित्सकसहित २५ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिष्ठानको पिसिआर प्रयोगशालामा परीक्षण गर्दा बुधवार बेलुका चिकित्सकसहित स्वास्थ्यकर्मी र स्टाफहरुमा संक्रमण पुष्टि भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।

संक्रमित हुनेमा एक जना विशेषज्ञ चिकित्सक र एकजना मेडिकल अफिसर रहेका छन् । त्यसैगरी शल्यक्रिया कक्षमा र जनरल वार्डमा काम गर्ने नर्स तथा अन्य कर्मचारी संक्रमित भएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ