२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, विहानैदेखि भेटघाटमा ब्यस्त

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, विहानैदेखि भेटघाटमा ब्यस्त


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य अवस्था सामान्य भएपछि विहानैदेखि भेटघाटहरुमा ब्यस्त भएका छन् । बालुवाटारनिकट स्रोतकाअनुसार बिहीबार टाउको दुखेपछि प्रधानमन्त्रीले केही समय रेष्ट लिएका थिए ।

प्रधानमन्त्रीले रेष्ट लिएपछि मिडियाहरुमा उनको स्वास्थ्य अवस्थालाई लिएर पुनः सिंगापुर जाने चर्चा चलेको थियो । तर, स्वास्थ्य अवस्था सामान्य भएपछि शुक्रबार विहानैदेखि प्रधानमन्त्री नियमित भेटघाटमा ब्यस्त बनेका छन् ।

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले सामान्य छ,’ प्रधानमन्त्रीका एक स्वास्थ्य सल्लाहकारले भने, ‘अहिले विहान ज्वरो नाप्दा ९८ डिग्री फरेनाइट छ । विहानैदेखि आफ्ना नियमित भेटघाटहरुमा ब्यस्त हुनुहुन्छ ।’ ती चिकित्सकअनुसार सिंगापुरबाट प्रधानमन्त्री स्वास्थ्य परीक्षण गरेर आएपछि पनि पहिलेकै औषधि नियमित रुपमा सेवन गरिरहेका छन् ।

बिहीबार अस्वस्थ भएपछि तत्काल पुनः सिंगापुर जाने छलफल भएको समाचारहरु बाहिरिएका थिए । तर, तत्कालै सिंगापुर जानुपर्ने अवस्था नरहेको ती चिकित्सकले हेल्थआवाजलाई बताए ।

‘फ्लोअपका लागि केही पछि जाने कुरा फरक हो,’ उनले भने, ‘तर, हल्ला आएजस्तो तत्कालै जानुपर्ने अवस्था छैन् ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ