२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण पुष्टी

कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण पुष्टी


सुर्खेत – कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोभिड­-१९को संक्रमण पुष्टी भएको छ । प्रदेश प्रमुखको सचिवालयले बिहिबार जारी गरेको प्रेस विज्ञप्ती अनुसार उनलाई कोरोना संक्रमण पुष्टी भएको हो ।

विज्ञप्तीमा भनिए अनुसार प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोभिड-१९ को लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टी थियो ।

कर्मचारीमा सक्रमण पुष्टि भए पश्चात कन्ट्याक्ट ट्रेसिङ अनुरुप पिसिआर परीक्षण गर्दा प्रदेश प्रमुखलाई पनि कोभिड­-१९ को संक्रमण भएको पुष्टी भएको बताइएको छ ।

हाल प्रदेश प्रमुखको स्वास्थ्य अवस्था सामान्य रहेको र उनि होम आइसोलेसनमा बसेको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ