२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्रिटिकल केयरको तालिम दिएका जनशक्ति कहाँ छन् ?

क्रिटिकल केयरको तालिम दिएका जनशक्ति कहाँ छन् ?


काठमाडौं—देशका विभिन्न अस्पतालहरुमा भएका आईसीयु भेन्टिलेटर दक्ष जनशक्तिको अभावमा संचालनमा आउन सकेका छैनन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १ हजार २८ आईसीयु संख्या छ ।

त्यस्तै, ५ सय ६ वटा भेन्टिलेटर छ । सरकार समक्ष आईसीयु र भेन्टिलेटर संचालन गर्न सक्ने विज्ञ चिकित्सक २९ जना मात्रै रहेका छन् । उनीहरुमध्ये अधिकांश काठमाडौं, पोखरा, धरान र विराटनगर केन्द्रित छन् । कोरोना भाइरसले श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउने भएकाले आईसीयु र भेन्टिलेटरमा राख्दा क्रिटिकल केयर बिशेषज्ञ चिकित्सक आवश्यक पर्छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम तत्काल आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्न नसक्ने हुँदा भएकाले नै सेवा दिनुपर्ने बताउँछन् । ‘अहिले विज्ञापन आव्हान गरेपनि चिकित्सक आउने अवस्था छैन्,’ उनी भन्छन् ।

सरकारले कोरोना महामारीसँगै देशका बिभिन्न भागमा भेन्टिलेटर वितरण गरेको छ । तर, उक्त भेन्टिलेटर चलाउन सक्ने दक्ष जनशक्ति नहुँदा कतिपय स्थानमा थन्किएर बसेको मन्त्रालयका अधिकारीहरु बताउँछ । सरकारले क्रिटिकल केयर विशेषज्ञ नभएकाले करारमा लिएका र विभिन्न अस्पतालमा कार्यरत ८७ जना नर्सहलाई तीन दिनको क्रिटिकल केयर तालिम दिएको थियो ।

उक्त तालिम क्रिटिकल केयर सोसाइटीका पूर्व अध्यक्ष प्रा.डा. सुवास आचार्यलगायतको टिमले दिएको थियो । उनीहरुले विभिन्न अस्पतालमा ५० बढी चिकित्सकलाई समेत तालिम दिएका थिए ।

तालिम लिएका स्वास्थ्यकर्मी हाल कहाँ सेवा गरिरहेका छन् भन्ने जानकारी मन्त्रालयसँग छैन । मन्त्रालयका एक अधिकारी भन्छन्, ‘आईसीयु र भेन्टिलेटर संचालन गर्ने जनशक्ति अभावमा कति पय अस्पतालले सेवा दिन सकेका छैनन् । मन्त्रालयले आफुले तालिम दिएका चिकित्सक नर्स ती अस्पतालमा पठाएको खण्डमा थन्किएका आईसीयु भेन्टिलेटर संचालनमा आउने थियो ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ