२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभारतमा कोरोना संक्रमणबाट ५ सय १५ जना चिकित्सकको निधन

भारतमा कोरोना संक्रमणबाट ५ सय १५ जना चिकित्सकको निधन


काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ५ ससय १५ जना चिकित्सकको निधन भएको छ । भारतीय चिकित्सक संघ (आइएमए) का अनुसार कोरोनाका बिरामीको उपचारमा खटिएका ५ सय १५ जना चिकित्सकको निधन भएको हो ।

जसमध्ये सबैभन्दा बढी ६० देखि ७० वर्ष उमेरसमूहका २ सय १ जना चिकित्सकको निधन भएको छ ।  यस्तै, ५० देखि ६० वर्ष उमेरसमुहका १ सय ७१ जना , ७० वर्ष उमेरभन्दा माथिका ६६ जना, ३५ देखि ५० वर्ष उमेरसमुहका ५९ जना र ३५ वर्षभन्दा कम उमेरका १८ जना चिकित्सकको कोरोनाका कारण मृत्यु भएको जनाइएको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणका कारण दिनानुदिन चिकित्सक नर्स तथा स्वास्थयकर्मीहरुले ज्यान गुमाइरहेका छन् । नेपालमा पनि बिहिबार एकजना चिकित्सकको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुने देशहरुमध्ये भारत दोस्रो स्थानमा छ । जहाँ हालसम्म ६५ लाखको हाराहारीमा संक्रमण पुष्टि भएको छ भने १ लाखभन्दा बढी मानिसको मृत्यु भैसकेको कोभिड–१९ को नियमित अपडेट गराउँदै आएको वल्र्डओमिटरर्सले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ