२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली प्रदेश अस्पताल र प्रादेशिक प्रयोगशालाको सुर्खेतको अनुगमन

कर्णाली प्रदेश अस्पताल र प्रादेशिक प्रयोगशालाको सुर्खेतको अनुगमन


सुर्खेत– नेपाल सरकारको संघिय सांसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उप–समितिले कर्णाली प्रदेश अस्पताल र प्रादेशिक प्रयोगशाला सुर्खेतको अनुगमन गरेको छ । शनिबार कोभिड– १९ को सम्बन्धमा सरकारले प्रवाह गरेका सेवाको गुणस्तर तथा रोग नियन्त्रण सम्बन्धि गरिएको कामको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा प्रदेश अस्पतालले अस्थायी रुपमा प्रयोगशालाको स्थापना गरि काम गरेको पाइएको अनुगमन उपसमितिका संयोजक तिलक महत क्षेत्रीले बताए । ‘पहिलाको तुलनामा संक्रमितको स्वाब कम आएको, जसले गर्दा छिटो रिपोर्ट दिन थालेको हामीले पायाैं,’ उनले भने, ‘हालको अवस्थाले थेग्न सकिरहेको रिपोर्ट अस्पतालले दिएको छ । त्यस्तै प्रयोगशालाको एउटा मेसिन बिग्रिएको र त्यसको मर्मतको लागि पहल गरिएको अस्पतालले जानकारी गराएको छ ।’

साथै प्रदेश अस्पतालमा आइसोलेसन, आसियु र भेन्टिलेटर लगायतका सबै सुविधाहरु छन् तर एम्बुलेनसको सेवा उपयुक्त नभएको महतले बताए । प्रादेशिक अस्पतालमा संघिय सरकारले स्रोत–साधनको जोडबल गरिदिन अस्पतालले अनुरोध समेत गरेको छ । ‘कोरोनाका बिरामीबाट अस्पतालमा सेवा–सुबिधा कम भएको भन्ने गुनासो आउने गरेको पाइयो,’ उनले भने, ‘यसमा अस्पताल, स्थानीय प्रशासन र प्रदेश सरकारले सुधार गर्छौ भन्नुभएको छ ।’

यसका साथै कोरोना माहामारीविरुद्ध जुध्न अस्पतालका कर्मचारी, स्थानीय प्रशासन, सुरक्षाकर्मी र सञ्चारकर्मीले पु¥याएको योगदान सम्मान गर्न योग्य रहेको उनको भनाई छ । साथै, स्वास्थ्य मन्त्रालयले हरेक स्थानीय तहमा ५ वेडको आइसियु कक्ष सञ्चालनका लागि एकजना चिकित्सक र दुईजना नर्स राख्ने व्यवस्था गरेको छ ।

जसका लागि सबै स्थानीय तहमा बजेट पठाइसके पनि कर्णालीका अधिकांश स्थानीय तहले त्यसका लागि विज्ञापन नगरेको पाइएको छ । यसका लागि सामाजिक विकास मन्त्रालय तदारुप्ताका साथ संघिय सरकारका योजनालाई कार्यान्वयन गर्नु पर्ने सुझाव दिएको महतले जानकारी दिए ।

प्रादेशिक अस्पतालले आइसोलेसन कक्षको संख्या बढाएर सेवालाई सहज बनाउनु पर्ने, कोभिड बाहेकका बिरामीलाई सरल तरिकाले स्वास्थ्य सेवा दिनुपर्ने, संघिय सरकार र प्रदेश सरकारले गर्नुपर्ने भौतिक पुर्वाधारका काम र स्वास्थ्य सामाग्रीका कुराहरु समयमै उपलब्ध गराउनु पर्ने, चिकित्सक र स्वास्थ्यकर्मीहरुले जीवन जोखिम राखेर दिएको सेवाको प्रोत्साहन भत्ताको ब्यवस्था गरी उच्च मनोवलका साथ काम गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने लगायतका सुझाव अनुगन समितिले दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ