२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १ हजार १ सय ७७ सहित २ हजार १ सय २० जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १ हजार १ सय ७७ सहित २ हजार १ सय २० जनामा कोरोना पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकामा १ हजार १ सय ७७ सहित थप २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार पछिल्लो २४ घन्टामा २ हजार १ सय २० जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा १ हजा १ सय ७७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार १ जना, ललितपुरमा १ सय ९ जना र भक्तपुरमा ६७ जनामा कोरोना पुष्टि भएको हो ।

हाल नेपालमा २१ हजार ३ सय २ संक्रिय संक्रमित छन् । जसमध्ये ९ हजार ७ सय ७३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने ११ हजार ५ सय २९ जना होम आइसोलेसनमा छन् ।

पछिल्लो २४ घन्टामा २ हजार ४४ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा डिस्चार्ज हुनेको संख्या ६२ हजार ७ सय ४० जना डिस्चार्ज भएका छन् ।

हाल २ सय १७ जनाको आइसियुमा उपचार भैरहेको छ भने ३१ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । पछिल्लो २४ घन्टामा १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएको छ । यो सँगै नेपालमा हालसम्म १० लाख ६१ हजार ६ सय ६४ पीसीआर परीक्षण भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ