२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रियो, अक्सिजन सपोर्ट दिइयो

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रियो, अक्सिजन सपोर्ट दिइयो


काठमाडौं—चिकित्सा शिक्षा सुधारको माग राख्दैं २१ दिनदेखि आमरण अनशनमा रहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएको छ । त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिएपछि आइतबार उनलाई अक्सिजन सपोर्ट दिइएको छ ।

‘झण्डै आधा घण्टा अघिदेखि उहाँलाई नाकबाट अक्सिजन सपोर्ट दिइएको छ,’ डा. केसीसँगै रहेकी डा. तोषिमा कार्कीले भनिन्, ‘बेलामा-बेलामा उहाँको मुटु असन्तुलित बनिरहेको छ । श्वास फेर्न गाह्रो परिरहेको छ ।’

उनकाअनुसार लामो समयको अनशनका कारण शरीरका सबै आवश्यक तत्वहरु कम भएकाले डा. केसीमा जिउ बाँउडिने, चक्कर लाग्ने, छाती दुख्नेजस्ता समस्या देखिएका छन्  । ‘अरु औषधि लिन मान्नुभएको छैन्,’ उनले भनिन् ।

रोग प्रतिरोधात्मक क्षमता कम भएको र इन्फेक्सनको जोखिम बढेका कारण आजदेखि डा. केसीसँगका पब्लिक भेटघाट निषेध गरिएको छ । डा. केसीलाई भेट्न चाहनेहरुका लागि बाहिर एउटै फाइल बनाइएको र त्यही सन्देश दिन सक्ने व्यवस्था मिलाइएको डा. कार्कीले बताइन् ।

डा. केसीको यो १९ औं अनशन हो । चिकित्सा शिक्षा र अन्य स्वास्थ्य सुधारका माग राख्दैं उनले २१ दिनअघि जुम्लाबाट अनशन सुरु गरेका थिए । अनशनको नवौ दिन काठमाडौं आएका डा. केसीसँग सरकारले वार्ताका लागि कुनै पहल अगाडि बढाएको छैन ।

यसअघिका विभिन्न अनशनका क्रममा सरकारले डा. केसीका माग पूरा गर्ने सहमति गरेपनि त्यसको कार्यन्वयनमा तत्परता देखाएको छैन ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ