२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ अर्घाखाँचीका प्रजिअसहित चार जना कर्मचारीमा कोरोना संक्रमण

अर्घाखाँचीका प्रजिअसहित चार जना कर्मचारीमा कोरोना संक्रमण

अति आवश्यकीय बाहेकका सबै सेवा बन्द


बुटवल—प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँची बन्द गरिएको छ ।

कर्मचारीको उच्च तहमा नै संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले सेवा प्रभाव बन्द गरेको हो ।

अति आवश्यकीय सेवा बाहेकका सबै सेवाहरु एक हप्ताका लागि बन्द गरेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

थप संक्रमण फैलन नदिन सतर्कता अपनाउनुपर्ने भन्दै कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवाहरू एक हप्ताको लागि बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद अधिकारीले जनाकारी दिए ।

शान्ति सुरक्षा, मुद्धा, राहत, उद्धारलगायतका अत्यावश्यक सेवाहरू भने सुचारू हुनेछन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ