२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १५९९ सहित थप २२५३ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १५९९ सहित थप २२५३ जनामा कोरोना पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकामा १५९९ सहित थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार पछिल्लो २४ घन्टामा २ हजार २ सय ५३ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा १ हजार ५ सय ९९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ३ सय ७३ जना, ललितपुरमा १ सय ८७ जना र भक्तपुरमा ३९ जनामा कोरोना पुष्टि भएको हो ।

हाल नेपालमा २२ हजार २ सय १९ जना सक्रिय संक्रमित छन् । जसमध्ये १० हजार ३ सय २६ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने ११ हजार ८ सय ९३ जना होम आइसोलेसनमा छन् ।

पछिल्लो २४ घन्टामा १ हजार ३ सय २९ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा डिस्चार्ज हुनेको संख्या ६४ हजार ६९ जना डिस्चार्ज भएका छन् ।

हाल २ सय २६ जनाको आइसियुमा उपचार भैरहेको छ। त्यस्तै, ३४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

त्यस्तै, थप ७ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप ७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा थपिए कति संक्रमित ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ