२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतालु खुईले व्यक्ति आकर्षक र बुद्धिमानः अध्ययन

तालु खुईले व्यक्ति आकर्षक र बुद्धिमानः अध्ययन


एजेन्सी । ज्यासन स्ट्याथम, जेफ बेजोस र ब्रुस विलिजबीच के समानता छ ? उनीहरु तीनै जना सफल व्यक्ति हुन । स्ट्याथम र विलिज हलिवउडका सुपरस्टार हुन भने अमेजनका संस्थापक बेजोस विश्वकै धनि व्यक्ति हुन् । उनीहरुबीच अर्को रोचक समानता पनि छ । यी तीनै जनाको तालु खुइलिएको छ । वास्तबमा तालु खुइले हुनुको पनि आफ्नै अर्थ र सान छ । त्यही भएर त टाउकोबाट सबै कपाल झर्दा पनि अरबपतिहरु आफ्नै तक्लुपनमा आनन्द लिएका हुन्छन् । चाहेको भने उनीहरु रातारात कस्मेटिक सर्जरी गर्थे र टाउकोभर कपाल उमार्थे । तर, तालु खुईले हुनुमा नै उनीहरु रमाएका छन् । विभिन्न अध्ययनहरुले तालु खुइले व्यक्ति आकर्षक र मर्द हुने देखाएका छन् । हेरौ तालु खुइलेबारे गरिएका केही अध्ययनका सारः

तक्लुहरु ठूला र बलियाः युनिर्भसिटी अफ पेन्सेलभेनिया युनिर्भसिटीमा गरिएको एक अध्ययनमा तक्लु व्यक्ति बढी प्रभावशाली र सफल हने देखाइएको छ । वैज्ञानिक अबर्लट मेम्सले कपाल भएका र नभएका विभिन्न मानिसहरुको तुलनात्मक अध्ययन गरेर उनीहरुको प्रतिकृया रेकर्ड गरेका थिए । तक्लुहरु बढी प्रभावशाली र बलिया हुने उनले निस्कर्ष निकालेका थिए ।

तक्लुहरु बढी बुद्धिमानः युनिर्भसिटी अफ सारल्यान्डका मनोवैज्ञानिक रोनाल्ड हेनसले २० हजार भन्दा बढी विषयमा अनुसन्धान गरेका थिए । उनको एक अध्ययनमा तालु खुइलिएका व्यक्ति बढि बुद्धिमान र परिपक्व हुने दाबी गरिएको छ । सोही अध्ययनमा तालु खुइलिएका व्यक्ति खासै आर्कषक नहुने देखाइएको छ ।

के तक्लु व्यक्ति बढी सेक्सी हुन्छन ?
कपाल नहुने व्यक्तिमा उच्च मात्रामा टेस्टोरोन भएकोले उनीहरु सामान्यभन्दा बढी सेक्सी हुने केही मानिसहरुको धारणा थियो । तर, वैज्ञानिकहरुले यसलाई गलत साबित गरिदिएका छन् ।  कपाल टेस्टोरोनका कारण झर्ने नभई डाईहाईड्रटेस्टोरोन (डीएचटी) ले झर्ने वैज्ञानिकहरुले बताएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ