२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १५३१ जना सहित थप २४४० जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १५३१ जना सहित थप २४४० जनामा संक्रमण पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकामा १ हजार ५ सय ३१ जना सहित थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार पछिल्लो २४ घन्टामा २ हजार ४ सय ४० जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा १ हजार ५ सय ३१ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार १ सय ७८ जना, ललितपुरमा २ सय ५० जना र भक्तपुरमा १ सय ३ जनामा कोरोना पुष्टि भएको हो ।

हाल नेपालमा २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित छन् । जसमध्ये ११ हजार १ सय ९१ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १२ हजार ३ सय १६ जना होम आइसोलेसनमा छन् ।

पछिल्लो २४ घन्टामा १ हजार १ सय ३३ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा डिस्चार्ज हुनेको संख्या ६५ हजार २ सय २ जना डिस्चार्ज भएका छन् ।

हाल २ सय ४४ जनाको आइसियुमा उपचार भैरहेको छ। त्यस्तै, ४३ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ