२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिनमा १९ संक्रमितको निधन, काठमाडौं उपत्यकाका मात्रै १२ जना

एकैदिनमा १९ संक्रमितको निधन, काठमाडौं उपत्यकाका मात्रै १२ जना


काठमाडौं– थप १९ जना कोभिड-१९ संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार पछिल्लो २४ घन्टामा थप १९ जना संक्रमितको निधन भएको हो ।

नेपालमा एकैदिन १९ जना संक्रमितको निधन भएको यो पहिलोपटक हो । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ५४ पुगेको छ ।

त्यस्तै, सोमबार काठमाडौं उपत्यकामा १ बालक सहित १२ जना संक्रमितले ज्यान गुमाएका छन् । जसमध्ये  ललितपुरका ३ वर्षीय बालक, ५५ वर्षीय पुरुष र ७१ वर्षीय पुरुष र काठमाडौँका ७६ वर्षीय वृद्धा, ८१ वर्षीया वृद्धा, ८३ वर्षीया वृद्धा, २६ वर्षीय पुरुष, ६५ वर्षीय वृद्ध, ६७ वर्षीय वृद्ध, ७८ वर्षीय वृद्ध, ८१ वर्षीय वृद्ध र ९१ वर्षीय वृद्ध रहेका छन्  ।

यस्तै, चितवनका ६२ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीया महिला, सर्लाहीका ४२ वर्षीय पुरुष र ६९ वर्षीय वृद्ध, पर्साका ६५ वर्षीया वृद्ध र सुनसरीका ५५ वर्षीय पुरुष संक्रमितको पनि निधन भएको हो ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ