२०८१ मंसीर २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. केसीको समर्थनमा पाटनका आवसीय चिकित्सक

डा. केसीको समर्थनमा पाटनका आवसीय चिकित्सक


ललितपुर—पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरुले प्रा.डा. केसीको समर्थनमा दीप प्रज्वलन गरेका छन् । सोमबार साँझ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरुको डा. केसीको समर्थनमा दीप प्रज्वलन गरेका हुन् ।

देशभरका आवासीय चिकित्सकहरुले केसीको समर्थनमा सोमबारबाटै आन्दोलनका कार्यक्रमहरु तय गरेका छन् । आजबाट हरेक दिन २ घण्टा आकस्मिक तथा कोभिड क्षेत्रबाहेकका क्षेत्रमा काम नगर्ने जनाइसकेका छन् । दीप प्रज्वलन कार्यक्रममा आवासीय चिकित्सकका अलावा प्रतिष्ठानका इन्टर्न, मेडिकल अफिसर तथा प्राध्यापकहरुको पनि प्रतिनीधित्व रहेको थियो ।

नेपालको स्वास्थ्य शिक्षा तथा स्वास्थ्य सेवाको सुधारका लागि डा. केसीले पटक—पटक अनशनमार्फत सरकारलाई दबाब दिदै आएका छन् । पाटन अस्पतालका आवासीय चिकित्सक डा. केसीको जीवन रक्षाको मागमा एकजुट रहेको आवासीय चिकित्सकका प्रतिनीधि डा. मुकेशकुमार साहले बताए । डा. केसीले पटक—पटक उठाएका मागहरु नेपाालको स्वास्थ्य क्षेत्रको समृद्धिको लागि जायज रहेको उनले बताए ।

डा. साहले १९ औं पटक आमरण अनशनको २२ औ दिनसम्म पनि सरकारले डा. केसीका माग सम्बोधन गर्न पहल नगरेको प्रति खेल प्रकट गर्दै छिट्टै बार्ता टोली गठन गरेर मागहरु सम्बोधन गर्न आग्रह गरे ।

सरकारले केसीको माग सम्बोधन नगरे थप विरोधका कार्यक्रमहरु गरिने कार्यक्रमा सहभागी आवासीय चिकित्सक डा. डालिम काफ्लेले जानकारी दिए । कार्यक्रमा सत्याग्रहीको जीवन रक्षा गर, सरकार कानमा तेल हाले बस्ने समय होइन् यो, वार्ता टोली शीघ्र गठन गर, मेडिकल शिक्षाका माफिया–मुर्दावाद, कर्णालीमा एम.बी.बी.एस सुरु गरजस्ता प्ले कार्डहरु लिएर सबै आवासीय चिकित्सकहरुले विरोध जनाएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ