२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपत्यकाका महानगरमा कोभिड-१९ को संयोजन गर्न स्वास्थ्यका दुई सह—सचिवलाई जिम्मेवारी

उपत्यकाका महानगरमा कोभिड-१९ को संयोजन गर्न स्वास्थ्यका दुई सह—सचिवलाई जिम्मेवारी


काठमाडौं–काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उपत्यकाका महानगरपालिका बीच समन्वय गर्न २ जना सह—सचिव (११ औ तह)लाई खटाएको छ । मन्त्रालयले काठमाडौं महानगरपालिकामा समन्वय गर्न मन्त्रालयका सह—सचिव डा. मदन उपाध्याय र ललितपुर महानगरपालिकासँग समन्वय गर्न सह—सचिव रिता जोशीलाई तोकिएको छ ।

आइतबार दुवैजनालाई सो जिम्मेवारी दिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । महानगरपालिका भित्र भएका संक्रमितको केस इन्भेस्टीगेसन, कन्ट्रयाक ट्रेसिङ, होम आइसोलेसनमा रहेकाहरुको डिस्चार्ज व्यवस्थापन, वेड नपाएका बिरामीहरुलाई अस्पताल भर्ना र एक अर्को अस्पताल सार्नको लागि समन्वय गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ को व्यवस्थापनमा उपत्यकाका महानगरपालिकाको व्यवस्थापन पक्ष कमजोर रहेको निष्कर्ष निकालेको छ । महानगरपालिकाले बाहिरबाट आएका मानिसलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न नसक्दा उपत्यकामा महामारीले प्रकोप लिएको मन्त्रालयको ठहर छ । साथै, होम आइसोलेसनमा बसेकाहरुलाई नियमित फलोअप पनि नभएको गुनासो बढ्दै गएको छ ।

काठमाडौं महानगरपालिकाको कोरोना समन्वय जिम्मेवारी दिइएका डा. उपाध्यायसँग प्रदेश—२ मा कोरोना व्यवस्थापनमा समेत काम गरेका थिए । उनी प्रदेश २ काे कोभिड—१९ फोकल पर्सनका रुपमा समेत कार्यरत थिए । दुई महिनाअघि डा. उपाध्यायको मन्त्रालयमा सरुवा भएको थियो ।

यस्तै, कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक जोशी एक महिनाअघि मन्त्रालय तानिएकी थिइन् । उनलाई यसअघि कुनै जिम्मेवारी दिइएको थिएन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ