२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवलमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

बुटवलमा थप दुईजना कोरोना संक्रमितको मृत्यु


बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल आइसोलेसन शाखा बुटवलमा उपचाररत थप दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । कोभिड १९ का लक्षण देखिएपछि उपचारमा रहेकी बुटवल–९ की ५५ वर्षीया महिला र पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

गत असोज १६ गते कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन शाखाको आईसीयूमा उपचाररत पुरुषको मंगलबार राती र असोज १७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएकी महिलाको बुधवार बिहान मृत्यु भएको गौतमले बताए ।
उनीहरु दुवैमा सुख्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचापको समस्या थियो ।

यसैबिच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार कोरोनाका लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा कोरोनाको पोजेटिभ रिपोर्ट आएको नगरप्रमुख घिमिरेले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ