२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसाढे १० लाखको बिल बनेपछि मजदूर १६ दिनदेखि ह्याम्स अस्पतालमा बन्धक

साढे १० लाखको बिल बनेपछि मजदूर १६ दिनदेखि ह्याम्स अस्पतालमा बन्धक


काठमाडौं—राजधानीको ह्याम्स अस्पतालमा १६ दिनदेखि एक मजदुर बन्धक भएका छन् । साढे १० लाख उपचार खर्च तिर्न नसक्दा उनी अस्पतालभित्र बन्धक भएका हुन् ।

धादिङ गल्छीका २० वर्षीय चन्द्रबहादुर तामाङ दोलखामा हाइड्रोपावर निर्माणका क्रममा साउन २९ गते सुरुङमा फसेका थिए । गम्भीर अवस्थाका तामाङलाई उपचारका लागि हेलिकोप्टरबाट सिधै काठमाडौं ह्याम्स अस्पतालमा झारियो ।

अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार तामाङ अस्पताल आउँदा बाच्न सक्ने अवस्थामा थिएनन् । करिब १० दिन भेन्टिलेटरको सहायतापछि उनले नयाँ जीवन पाएका हुन् । उनी अस्पताल बसेको ५५ दिन भएको छ । सासा हाइड्रोपावर कम्पनी र ठेकेदारले अस्पतालको उपचार खर्च नतिर्दा १६ दिनदेखि उनी हाल अस्पतालमा थुनिएर बसेका छन् ।

‘ह्याम्स अस्पतालले १७ दिनअघि नै डिस्चार्ज दिइसकेको छ,’ उनले भने, ‘तर, उपचारका क्रममा लागेका १० लाख ५० हजार रुपैयाँ रकम तिर्न नसक्दा अस्पतालको ९०९ नम्बर वेडमै बसिरहेको छु ।’

उनी दोलखामा रहेको ‘सासा’ हाइड्रोपावर कम्पनीमा कार्यरत थिए । ठेकदारले ९० हजार रुपैयाँ धरौटी अस्पतालमा राखेर सम्पर्कमा नआएको पीडित बताउँछन् । सासा कम्पनीका म्यानेजर छिरिङ शेर्पाकाअनुसार अस्पतालले बिरामीको उपचारमा धेरै रकम खर्च भएको देखाएपछि समस्या आएको हो ।

अस्पतालले कोभिड—१९ का कारण बिरामी नभएको मौका पारी मजदुरको उपचारमा अचाक्ली महंगो बिल बनाएको आरोप  छ । कम्पनीले उपचारमा लागेको खर्चको ५० प्रतिशत छुट दिन अस्पताललाई अनुरोध गरेको छ ।

हरेक अस्पतालले १० प्रतिशत शैय्या गरिब विपन्न वर्गका लागि निःशुल्क छुट्याउनुपर्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ