२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन ३ हजारभन्दा बढीमा कोरोना संक्रमण, काठमाडौंमा मात्रै थपिए १२९६ संक्रमित

एकैदिन ३ हजारभन्दा बढीमा कोरोना संक्रमण, काठमाडौंमा मात्रै थपिए १२९६ संक्रमित


काठमाडौं– काठमाडौं उपत्यकामा १ हजार ६ सय ८४ सहित थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा एकैदिन ३ हजार भन्दा बढी संक्रमणको केस देखिएको यो पहिलोपटक हो ।

काठमाडौं उपत्यकामा बुधबार एकैपटक १ हजार ६ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा मात्रै १ हजार २ सय ९६ जनामा कोरोना संक्रमण पाइएको छ। त्यस्तै, ललितपुरमा २ सय ९६ जना र भक्तपुरमा ९५ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा १ हजार१ सय २६ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा डिस्चार्ज हुनेको संख्या ६८ हजार ६ सय६८ जना पुगेको छ।

यसको साथै सक्रिय संक्रमितको संख्या पनि ह्वातै बढेको छ। आज २५ हजार ७ केस सक्रिय छ । हाल २ सय ३३ जनाको आइसियुमा उपचार भैरहेको छ। त्यस्तै, ३७ जना भेन्टिलेटरमा उपचार भैरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ