२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड—१९ का कारण रुपन्देहीमा जनप्रतिनिधिको निधन

कोभिड—१९ का कारण रुपन्देहीमा जनप्रतिनिधिको निधन


बुटवल—कोभिड—१९ को संक्रमणबाट रुपन्देहीमा एक जनप्रतिनिधिको निधन भएको छ । सिद्धार्थनगर नगरपालिका—५ का वडा सदस्य इन्जिनियर सुबोध तुलाचनको निधन भएको हो ।

४७ वर्षीय तुलाचनको बुधबार राति उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा तुलाचनको निधन भएको अस्पतालका प्रशासन प्रमुख तेज केसीले बताए ।

कोरोना पोजेटिभ देखिएपछि उनी घरमै आइसोलेसनमा बसेका थिए । गत असोज १४ गते एक्कासी बेहोस भएपछि युसीएमएस भैरहवामा भर्ना गरिएको थियो ।

उनको भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो । उनलाई प्लाज्मा थेरापीबाट समेत उपचार गरिएको भएपनि सफल हुन नसकेको केसीले बताए ।

उनमा निमोनिया, रगतमा खराबी, कलेजो पूर्ण रुपमा खराब भएको थियो । तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ