२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधीबीच सिंहदरबारमा वार्ता सुरु

सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधीबीच सिंहदरबारमा वार्ता सुरु


काठमाडौं– सरकारी वार्ता टोली र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधीहरुबीच वार्ता सुरु भएको छ । बिहिबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा दुुई पक्ष वार्ता सुरु भएको हो ।

‘हामी १०ः३० देखि वार्तामा जुटेका छौं,’ सरकारी वार्ता टोलीका सदस्य समेत रहेका राष्ट्रिय चिकित्सा शिक्षा आयोगकका निर्देशक डा. दिलीप शर्माले भने, ‘एजेन्डामाथि छलफल गर्दै छौं ।’

वार्तामा सरकारी पक्षबाट वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनाली, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–सचिव डा. गुणराज लोहनी र डा. शर्मा सहभागी छन् । यस्तै, डा. के.सी.का तर्फबाट सोलिडारिटी फर डा. केसी अलाइन्सका डा. जीवन क्षेत्रीको संयोजकत्वमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अन्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सहभागी छन् ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै २५ दिनदेखि डा. के.सी. अनसनरत छन् । डा.के.सी. को स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बुधबार सरकारले वार्ता समिति गठन गरेको हो । लगत्तै डा.के.सीको तर्फबाट पनि वार्ता टोलीको घोषणा गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ