काठमाडौं– थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै नेपालमा संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
नेपालमा एकैदिन ४ हजार भन्दा बढीमा संक्रमणको केस देखिएको यो पहिलोपटक हो । काठमाडौं उपत्यकामा बिहिबार एकैपटक २ हजार ५ सय ४० जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा मात्रै २ हजार ८५ जनामा कोरोना संक्रमण पाइएको छ।
त्यस्तै, ललितपुरमा ३ सय २० जना र भक्तपुरमा १ सय ३५ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा २ हजार ६ सय ७५ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ जनामा पुगेको छ।
यसको साथै सक्रिय संक्रमितको संख्या पनि ह्वातै बढेको छ। आज सक्रिय संक्रमितको संख्या मात्रै २६ हजार ६ सय ८४ पुगेको छ । हाल २ सय ३५ जना संक्रमितको आइसियुमा उपचार भैरहेको छ। त्यस्तै, भेन्टिलेटरमा ४२ संक्रमित उपचाररत छन्।
यस्तै, आज १२ जना संक्रमितको निधन भएको छ । मन्त्रलायका अनुसार सुनसरीका १ पुरुष, धनुषाका १ पुरुष, काठमाडौंकी १ वृद्धा, १ पुरुष र १ वृद्ध गरेर ३ जना, ललितपुरकी १ वृद्धा, चितवनका ३ वृद्ध, कास्कीका १ वृद्ध र सुर्खेतकी १ वृद्धा संक्रमितको निधन भएको हो।
यससँगै नेपालमा मृत्यु हुने सक्रमितको संख्या ५ सय ९० पुगेको हो ।
कुन प्रदेशमा थपिए कति संक्रमित ?