२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन् १५ शैय्याका अस्पताल बन्ने १ सय २२ स्वास्थ्य संस्था, ३ अर्ब ७२ करोड बजेट पठाइदैं (सूचीसहित)

यी हुन् १५ शैय्याका अस्पताल बन्ने १ सय २२ स्वास्थ्य संस्था, ३ अर्ब ७२ करोड बजेट पठाइदैं (सूचीसहित)


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ शैय्याको अस्पताल निर्माण गरिने विभिन्न स्थानीय तह र स्तरोन्नती हुने १ सय २२ वटा अस्पताल टुंगो लगाएको छ । स्थानीय तह र स्वास्थ्य संस्थाको टुंगो लगाएसँगै मन्त्रालयले त्यसका लागि ३ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ बजेट पठाउने तयारी पनि अगाडि बढाएको छ ।

अर्थ मन्त्रालयले समेत बजेट पठाउनका लागि स्वीकृती दिइसकेको छ ।  विभिन्न स्थानीय तहका १ सय २२ वटा अस्पताल छनोट गरेर ती अस्पताललाई १५ शैय्याका अस्पतालमा स्तरोन्नती गर्ने काम अगाडि बढाइएको स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका तथ्यांक अधिकृत सुर्यबहादुर खड्काले जानकारी दिए ।

‘विभिन्न स्थानीय तहका १ सय २२ स्वास्थ्य संस्थालाई १५ शैय्याको अस्पताल बनाउने निर्णय भइसकेको छ,’ उनले भने, ‘अन्य कामहरु पनि अगाडि बढिसकेको छ, हामी चाडैं बजेट पठाउने तयारीमा छौं ।’

यसअघि मन्त्रालयले १५ शैय्याका अस्पताल बनाउनका लागि विभिन्न स्थानीयत तहका अस्पतालहरुलाई सूचीकृत गरेको थियो । अस्पताल सूचीकृत गरेपछि त्यसको सम्भाव्यता अध्ययन गर्न भवन विभागलाई जिम्मेवारी दिइएको थियो ।

भवन विभागले सम्भाब्यता अध्ययन गरिसकेपछि १५ शैय्याको अस्पताल निर्माण गरिने स्थानीय तह र स्तरोन्नती हुने स्वास्थ्य संस्थाको नाम टुंग्याइएको हो ।

मन्त्रालयले बढीमा २ वर्षभित्रमा यी स्वास्थ्य संस्थाहरुलाई १५ शैय्याको बनाइसक्ने लक्ष्य राखेको छ । १५ शैय्याको अस्पताल बनाउनका लागि १ करोड ५० लाखदेखि ३ करोडसम्म बजेट छुट्याइएको छ ।

यी हुन १५ शैय्याको अस्पताल बन्ने स्वास्थ्य संस्थाहरु


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ