काठमाडौँ – कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भएसँगै सक्रिय संक्रमितको संख्या पनि ह्वातै बढेको छ। शुक्रबार मात्रै २७ हजार ५७ केस सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
बागमती प्रदेशमा ५७ जना संक्रमित भेन्टिलेटरमा
हाल देशभर गरेर भेन्टिलेटरमा ७५ जना संक्रमितको उपचार भैरहेको छ। जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशका रहेका छन्। बागमती प्रदेशका ५७ जना कोरोना विरामीको भेन्टिलेटरमा उपचार भैरहेको छ।
त्यस्तै, प्रदेश १ मा ९ जना र प्प्ररदेश २ मा २ जना र प्रदेश ५ मा ५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।
यता, आइसीयुमा ३ सय १८ जना संक्रमित उपचाररत छन्।
मृतकको संख्या ६०० पुग्यो
त्यस्तै, थप १० जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार १ महिला र ९ पुरुष गरी थप १० जना संक्रमितको मृत्युको हो।
पछिल्लो २४ घण्टामा झापाका २ पुरुष, सुनसरीका ३ पुरुष, काठमाडौँका १ पुरष र १ वृद्धा, ललितपुरका एक वृद्ध र रुपन्देहीका २ पुरुषको मृत्यु भएको हो।
यससँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ६ सय पुगेको छ।