२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडब्लूएचओका नवनियुक्त नेपाल प्रतिनिधी डा. राजेशले परराष्ट्रमन्त्री ज्ञवाली समक्ष बुझाए ओहोदाको प्रमाणपत्र

डब्लूएचओका नवनियुक्त नेपाल प्रतिनिधी डा. राजेशले परराष्ट्रमन्त्री ज्ञवाली समक्ष बुझाए ओहोदाको प्रमाणपत्र


काठमाडौं—नेपालका लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधिका हालै नियुक्त भएका डा. राजेश समबाजीराव पाण्डवले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । २ असोजमा नेपालस्थित विश्व स्वास्थ्य संगठनको प्रतिनिधीका रुपमा आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आएका डा. राजेशले बिहीबार परराष्ट्रमन्त्री ज्ञवाली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

सो क्रममा उनले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले विगतको ५० वर्षमा बलियो साझेदारी विकास गरेको उल्लेख गरे । ‘यो साझेदारीले स्वस्थ नेपालको साझा उद्देश्य बोकेको छ । मैले नेपाल सरकार र अन्य साझेदारहरूसँगको साझेदारीलाई थप सुदृढीकरण गर्न र सबैका लागि स्वास्थ्यको महत्वपूर्ण एजेन्डालाई अघि बढाउने तर्पm पहल गर्नेछु,’ डा. राजेशले भने ।

उनले नेपालमा स्वास्थ्यकर्मीहरूले गरिरहेको कामको महत्वलाई जोड दिदैसबैका लागि अत्यावश्यक स्वास्थ्य सेवाहरूको सुनिश्चितता गर्दै कोभिड—१९ महामारीको सामना गर्नका लागि सबैले एकजुट हुनु अत्यावश्यक रहेको बताए । ‘विश्वभरि नै र नेपालमा पनि अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीहरूमा बढिरहेको कोभिड—१९ को संक्रमणले गर्दा म चिन्तित छु । यदि स्वास्थ्यकर्मीहरू नै जोखिममा भएमा, हामी सबै जोखिममा हुन्छौं,’ उनले भने ।

विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा कार्यभार सम्हाल्दै उनले नेपालीलाई आउँदै गरेको चाडपर्वका लागि शुभकामना व्यक्त गरे । ‘नेपाली समाजका प्रत्येक सदस्यलाई जिम्मेवार भएर चाडपर्व मनाउनु हुन म आग्रह गर्न चाहन्छु । भीडभाड गरेर एकै ठाउँमा जम्मा हुँदा यो रोग देशका सबै कुनासम्म विस्तार हुन सक्छ,’ युवाहरुलाई अपिल गर्दै उनले भने, ‘युवाहरूले घरका जेष्ठ सदस्यहरू तथा जोखिममा रहेका अन्य सदस्यहरूको सुरक्षाको सुनिश्चितता गर्नुपर्दछ । युवाहरू पनि कोभिड—१९ को समान जोखिममा रहेका हुन्छन् भनेर समेत उनीहरूले मनन् गर्नुपर्दछ । उनीहरूसँग दुइटा विकल्प छन् ( जोखिम समूहमा रहेकाहरूको जीवन रक्षा गर्ने वा उनीहरूलाई जोखिममा पार्ने ।’

को हुन डा. राजेश ?

नेपाल आउनुपूर्व डा. राजेश सन् २०१५ अप्रिलदेखि सन् २०२०, सेप्टेम्बरसम्म टिमोर(लेस्टेको लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधि थिए । उनले सन् २००४ यता विश्व स्वास्थ्य संगठनमा विभिन्न पदमा रहेर काम गरेका छन् । विगतमा उनी विश्व स्वास्थ्य संगठन, टिमोर(लेस्टेमा अवस्थित कार्यालयका लागि स्वास्थ्य नीति सल्लाहकार (सन् २०११—मार्च, २०१५), मेडिकल अधिकृत (जनस्वास्थ्य), विश्व स्वास्थ्य संगठन माल्दिभ्स कार्यालय (सन् २००९—२०११), विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयको मानसिक स्वास्थ्य तथा लागूऔषध दुरूपयोग इकाईमा मेडिकल अधिकृत (सन् २००४—२००९)को रूपमा कार्यरत थिए ।

डा राजेशको सेवाको उच्च मूल्यांकन गर्दै उनलाई सन् २०१६ मा स्वीट्जरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठन महानिर्देशक विशिष्ट पुरस्कारबाट सम्मानित गरिएको थियो भने टिमोर(लेस्टेमा शारीरिक गतिविधिलाई प्रवद्र्धन गर्दै ‘वाक द टक’ अभियानलाई उत्कृष्ट नेतृत्व प्रदान गरेकोमा विश्व स्वास्थ्य संगठनको टिमोर(लेस्टेको कार्यालयलाई सन् २०१८—१९ का लागि विश्व स्वास्थ्य संगठन महानिर्देशकको विशिष्ट पुरस्कार प्राप्त गरेको थियो ।

डा राजेशले पियर रिभ्यु जर्नलहरूमा विभिन्न वैज्ञानिक आलेखहरू प्रकाशित छन् । विश्व स्वास्थ्य संगठनमा आबद्ध हुनुपूर्व डा. राजेश संयुक्त राज्य अमेरिकास्थित पिटस्वर्ग विश्वविद्यालय मेडिकल सेन्टर अन्तर्गत वेस्टर्न साइक्याट्रिक इन्टिच्युट एण्ड क्लिनिकमा वरिष्ठ अनुसन्धान सहायकको रूपमा कार्यरत थिए । उनले ग्रान्ट मेडिकल कलेज, मुम्बई, भारतबाट एमबिबिएसको तालिम तथा प्रमाणपत्र हासिल गरेका छन् । उनी संयुक्त राज्य अमेरिकास्थित पिटस्वर्ग विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नाकोत्तर हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ