२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैदिन नेपालमा ५ हजार ८ जनामा कोरोना संक्रमण

एकैदिन नेपालमा ५ हजार ८ जनामा कोरोना संक्रमण


काठमाडौं– थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा  ५ हजार ८ जनामा  कोरोना पुष्टि भएको हो ।

एकैपटक ५ हजार भन्दा बढीमा संक्रमण देखिएको यो पहिलोपटक हो । यससँगै नेपालमामा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।

यस्तै, शनिबार काठमाडौं उपत्यकामा एकैपटक २ हजार ६ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा मात्रै २ हजार १ सय कोरोना संक्रमण पाइएको छ। त्यस्तै, ललितपुरमा ३ सय ६९ जना र भक्तपुरमा २ सय ३ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार २ सय २९ जनामा संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म उपचारपछि निको हुने संक्रमितको संख्या ७४ हजार २ सय ५२ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ