२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसक्रिय संक्रमितको संख्या ३० हजारभन्दा बढी, थप १४ जनाको मृत्यु

सक्रिय संक्रमितको संख्या ३० हजारभन्दा बढी, थप १४ जनाको मृत्यु


काठमाडौँ – कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भएसँगै सक्रिय संक्रमितको संख्या पनि ह्वातै बढेको छ। शनिबार मात्रै ३० हजार ८ सय १८ केस सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मृतकको संख्या ६१४ पुग्यो 

त्यस्तै, थप १४जना संक्रमितको मृत्यु भएको छ।  मन्त्रालयका अनुसार २ जना महिला र १२ पुरुष गरी थप १४ जना संक्रमितको मृत्युको हो।

पछिल्लो २४ घण्टामा सुनसरीका १ पुरुष, मोरङका १ पुरुष र एक वृद्ध, सर्लाहीका १ वृद्ध, काठमाडौँकी १ वृद्धा, १ पुरुष र १ वृद्ध, ललितपुरका २ पुरुष, भक्तपुरका १ वृद्ध, मकवानपुरका १ वृद्ध, धादिङ्गकी १ महिला, नवलपरासीका १ पुरुष र रुपन्देहीका १ पुरुष को मृत्यु भएको हो।

यससँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ६ सय १४ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ