२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार३३३ आईसीयु र भेन्टिलेटर किन्न ६५ करोड निकासा, दुई महिनासम्म पनि अस्पतालले किन्ने प्रक्रिया नै सुरु गरेनन्

३३३ आईसीयु र भेन्टिलेटर किन्न ६५ करोड निकासा, दुई महिनासम्म पनि अस्पतालले किन्ने प्रक्रिया नै सुरु गरेनन्


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ सय ५ वटा भेन्टिलेटर र २ सय ८८ आईसीयु वेड थप गर्न ७ प्रदेशका १४ वटा अस्पताल र १० वटा केन्द्रीय अस्पताललाई ६५ करोड रुपैयाँ निकासा गरेको छ । विभिन्न अस्पतालहरुलाई आईसीयु वेड थप गर्न र भेन्टिलेटर किन्न १ भदौमा कोरोना कोषबाट ४५ करोड रुपैयाँ र रकमान्तरबाट २० करोड रुपैयाँ निकासा गरिएको थियो ।

रकम निकासा भएपछि स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरुलाई प्रक्रिया सुरु गर्न भदौं ७ मा पत्राचार गरेको थियो । तर, पैसा निकासा गरेको झण्डै २ महिना पुग्न लाग्दा समेत अस्पतालले प्रक्रिया सुरु गरेको वा नगरेको भन्नेबारे जानकारी स्वास्थ्य मन्त्रालयलाई आएको छैन । मन्त्रालयका अधिकारीहरुले सम्बन्धित अस्पतालमा बुझ्दा धेरैले प्रक्रिया नै अगाडि नबढाएको पाइएको थियो । प्रक्रिया अगाडि नबढाएपछि २३ असोजमा पुनः पत्राचार गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

कोरोना कोषबाट १४ वटा प्रदेश अस्पतालका लागि २८ करोड रुपैयाँ र तीन वटा केन्द्रीय अस्पतालका लागि १७ करोड रुपैयाँ रकम निकासा भएको छ । यस्तै, ७ वटा केन्द्रीय अस्पतालमा ३४ भेन्टिलेटर र १०० वटा आईसीयु बेड थप्न २० करोड रुपैयाँ रकमान्तर गरी रकम निकासा गरिएको छ ।

जसमध्ये, कोरोना कोषबाट धनकुटा प्रादेशिक अस्पतालमा ४ भेन्टिलेटर, १० वटा आईसीयु, पाँचथर प्रादेशिक अस्पतालमा ४ भेन्टिलेटर, १० वटा आईसीयु, सर्लाही प्रादेशिक अस्पतालमा ४ भेन्टिलेटर, १० वटा आईसीयु, गौर प्रादेशिक अस्पतालमा ४ भेन्टिलेटर, १० वटा आईसीयु, नुवाकोट प्रादेशिक अस्पतालमा ४ भेन्टिलेटर, १० वटा आईसीयु, धादिङ प्रादेशिक अस्पतालमा ४ भेन्टिलेटर, १० वटा आईसीयु, दमौली प्रादेशिक अस्पतालमा ४ भेन्टिलेटर, १० वटा आईसीयु, लमजुङ प्रादेशिक अस्पतालमा ४ भेन्टिलेटर, १० वटा आईसीयु थप्नका लागि २/२ करोड रुपैयाँ रकम निकासा भएको छ ।

त्यसैगरी, कपिलवस्तु प्रादेशिक अस्पतालमा ४ भेन्टिलेटर, १० वटा आईसीयु, अर्घाखाँची प्रादेशिक अस्पतालमा ४ भेन्टिलेटर, १० वटा आइसीयु, अर्घाखाँची अस्पतालमा ४ भेन्टिलेटर, १० वटा आईसीयु, कालिकोट प्रादेशिक अस्पतालमा ४ भेन्टिलेटर, १० वटा आईसीयु, सल्यान प्रादेशिक अस्पतालमा ४ भेन्टिलेटर, १० वटा आईसीयु, महाकाली प्रादेशिक अस्पतालमा ४ भेन्टिलेटर, १० वटा आईसीयु र टीकापुर प्रादेशिक अस्पतालमा ४ भेन्टिलेटर, १० वटा आईसीयु थप्नका लागि २÷२ करोड रुपैयाँ कोरोना कोषबाट निकासा भएको छ ।

यस्तै, कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, पोखरा अस्पताल, भेरी अस्पताल, डडेलधुरा अस्पतालका लागि ५–५ वटा भेन्टिलेटर र १५–१५ वटा आइसीयु बेड थप्नका लागि रकम ३–३ करोड रुपैयाँ रकम निकासा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, कर्णाली अस्पताललाई भने ४ वटा भेन्टिलेटर र १० वटा आईसीयु बेड थप्नका लागि २ करोड रकम निकासा भएको छ ।

कोरोना कोषबाट त्रिवि शिक्षण अस्पतालका लागि १० वटा भेन्टिलेटर र १४ वटा आईसीयु बेड थप्नका लागि ५ करोड ७५ लाख रुपैयाँ, धुलिखेल अस्पतालमा ५ वटा भेन्टिलेटर र १४ वटा आईसीयु वेड थप्नका लागि २ करोड ८५ लाख, नेपाल प्रहरी अस्पतालमा २० वटा आईसीयु वेड थप्न ८ करोड ४० लाख रुपैयाँ निकासा भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ