२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै १४१६ संक्रमित थपिए

नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै १४१६ संक्रमित थपिए


काठमाडौं—नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ जना कोरोना संक्रमित थपिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । जसमध्ये ७५ हजार ८ सय ४ जना कोरोना संक्रमण जितेर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५२ जना कोरोना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

आइतबारसम्म नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको छ ।

पछिल्ला दिनहरुमा अत्याधिक कोरोना संक्रमित देखिइरहेको काठमाडौं उपत्यकामा आइतबार थप १ हजार ४ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा सबैभन्दा बढी १ हजार १ सय ४५, ललितपुरमा १ सय ६१ र भक्तपुरमा १ सय १० जना नयाँ संक्रमित थपिएका हुन् ।

कहाँ कति थपिए ? 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ