२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयको तथ्यांक भन्छ—९ सय ८६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

स्वास्थ्य मन्त्रालयको तथ्यांक भन्छ—९ सय ८६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण


काठमाडौं—नेपालमा कोभिड—१९ बाट ९ सय ८६ स्वास्थ्यकर्मी संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबारसम्म तयार पारेको तथ्यांकअनुसार देशभर ९ सय ८६ स्वास्थ्यकर्मी संक्रमित भएको उल्लेख छ ।

यो मन्त्रालयको सिस्टमअन्तर्गत आएको तथ्यांक मात्र हो । कतिपय स्वास्थ्यकर्मीहरुको यो तथ्यांकमा समावेस हुन नसकेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । कोरोना संक्रमणबाट सबैभन्दा बढी नारायणी अस्पताल प्रभावित भएको छ । त्यहाँ १ सय ९ जना संक्रमित भएका थिए । नारायणीपछि कोशी अस्पतालमा ९२ जनामा कोरोना संक्रमत पुष्टि भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रय प्रतिष्ठान वीर अस्पतालमा १ सयभन्दा बढी संक्रमित भएतापनि त्यो सबै तथ्यांक मन्त्रालयमा उपलब्ध देखिदैन् । त्यहाँका ३१ जना स्वास्थ्यकर्मी संक्रमित भएको तथ्यांकमात्र मन्त्रालयमा छ । अर्को ठूलो अस्पताल विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ८९ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी अछाममा १२ जना, बाजुरामा ७ जना, बाँकेमा ८ जना, भक्तपुरमा १९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रादेशिक अस्पताल सुर्खेतमा ५० जना, धुलिखेल अस्पतालमा ३२ जना, गजेन्द्रनारायण सिंह अस्पताल २१ जना, गण्डक अस्पताल वीरगञ्ज ४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१ जना, कलैया अस्पतालमा ६ जना, नेपाल पुलिस अस्पताल १३ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान ५ जना, वीरेन्द्र सैनिक अस्पताल १८ जना, त्रिवि शिक्षण अस्पताल ४२ जना, बयोदा अस्पताल ६ जना, विद ल्याव काठमाडौंमा ९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, देशभरका विभिन्न ल्यावमा काम गर्ने १०३ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काम गर्ने स्थान नखुलेको बारा ४९ जना, धनुषामा ६२ जना, काठमाडौं ६ जना, रौतहटमा १६ जना, सर्लाहीमा २२ जना, सिराहा १० जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको मन्त्रालयका सह—प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।

मन्त्रालयसँग काठमाडौंलगायत देशका विभिन्न भागमा रहेका केही सरकारी र निजी अस्पतालका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी संक्रमित भएको तथ्यांक समेत छैन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ