२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ४०४७ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा थपिए २ हजारभन्दा बढी संक्रमित

थप ४०४७ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा थपिए २ हजारभन्दा बढी संक्रमित


काठमाडौं—नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

पछिल्लो ६ साता देखि लगातार संक्रमितको संख्या तीव्ररुपमा बढिरहेको छ। जसबाट काठमाडौँ सबैभन्दा बढी प्रभावित छ।  काठमाडौं उपत्यकामा सोमबार मात्र २ हजार २ सय ८३ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा सबैभन्दा बढी १ हजार ८ सय ८८, ललितपुरमा २ सय ७७ र भक्तपुरमा १ सय १८ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जना कोरोना निको भएर डिस्चार्ज भएका छन्। त्यस्तै, हाल आइसोलेसनमा २ सय ७९ जना र भेन्टिलेटरमा ६७ जना संक्रमित उपचाररत छन्।

सोमबारसम्म नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ । त्यस्तै, आज थप ९ जना संक्रमितको निधन भएको छ  । मृत्यु हुनेमा सुनसरीका २ वृद्ध र १ पुरुष, काठमाडौँकी १ वृद्धा र २ वृद्ध, ललितपुरमा ५० वर्षीय पुरुष, चितवनमा ४० वर्षीया महिला र रुपन्देहीका एक वृद्ध रहेको मन्त्रालयले जनाएको छ ।

 

कुन प्रदेशमा कति थपिए संक्रमित ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ