२०८१ भदौ २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा २१२९ सहित थप ३५५६ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा २१२९ सहित थप ३५५६ जनामा कोरोना संक्रमण


काठमाडौं—नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा
संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

पछिल्लो ६ साता देखि लगातार संक्रमितको संख्या तीव्ररुपमा बढिरहेको छ। जसबाट काठमाडौँ सबैभन्दा बढी प्रभावित छ।

काठमाडौं उपत्यकामा मंगलबार मात्र २ हजार १ सय २९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा सबैभन्दा बढी १ हजार ७ सय ४६ , ललितपुरमा २ सय १६ र भक्तपुरमा १ सय ६६ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३ जना कोरोना निको भएर डिस्चार्ज भएका छन्। संक्रमणमुक्त हुने दर ६८. ३० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै, हाल आइसोलेसनमा ३ सय ७ जना र भेन्टिलेटरमा ६६ जना संक्रमित उपचाररत छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ