२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पतालको सेवा चुस्त पार्न तीन महाशाखा प्रमुखलाई जिम्मेवारी, जनशक्ति थपघटको समेत अधिकार

अस्पतालको सेवा चुस्त पार्न तीन महाशाखा प्रमुखलाई जिम्मेवारी, जनशक्ति थपघटको समेत अधिकार


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ को महामारीका बेला अस्पतालहरुमा चुस्त सेवा प्रवाह गर्नका लागि मन्त्रालयका तीन महाशाखा प्रमुखहरुलाई अधिकारसहितको जिम्मेवारी दिएको छ । अस्पतालका कोभिड वेडहरुको व्यवस्थापन गर्ने, त्यहाँ कार्यरत कर्मचारीको आवश्यकताअनुसार थपघट गर्नेदेखि प्राथमिक उपचार नदिने अस्पताललाई कार्वाहीको सिफारिससम्मको अधिकार दिएको छ ।

मन्त्रालयले नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीलाई कोभिड—१९ उपचार गर्न मन्त्रालयसँग सम्झौता गरेका निजी तथा सामुदायिक अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, किष्ट मेडिकल कलेज, केएमसी मेडिकल कलेज र नेपाल मेडिकल कलेजको सम्पूर्ण व्यवस्था हेर्ने जिम्मेवारी दिएको छ ।

त्यसैगरी, समन्वय महाशाखाका प्रमुख डा. जागेश्वर गौतमलाई थापाथलीस्थित प्रसुति गृह, त्रिवि शिक्षण अस्पताल, प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालको जिम्मा दिइएको छ । त्यसैगरी, गुणस्तर मापन महाशाखा प्रमुख डा. विकास देवकोटालाई कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, निजामती अस्पताल र कोभिड—१९ को उपचारमा मन्त्रालयसँग सम्झौता नगरेका निजी अस्पतालहरु जिम्मा दिइएको छ ।

तीनै महाशाखाका प्रमुखहरुलाई अस्पतालबाट प्रदान भइरहेका सेवा चुस्त—दुरुस्त बनाउने, सेवाको गुणस्तर नियमन गर्ने र आइपर्ने समस्याको तत्काल समाधान गर्ने, अस्पतालको समग्र व्यवस्थापनमा मन्त्रालयबाट प्रत्यक्ष निगरानी गर्ने कार्यविभाजन छ्ट्याइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मन्त्रालयको नियमित प्रेस विफ्रिङमा डा. गौतमले तीनै जनालाई सम्बन्धित अस्पतालको कोभिड वेड संख्या, हाइ डिपेन्डेन्स वेड र आईसीयुको तथ्यांक अध्यावधि गर्ने, नियमित समन्वय गर्ने र आवश्यकताअनुसार मन्त्रालयको तर्फबाट व्यवस्थापनमा सम्झौता गर्ने अधिकार दिइएको बताए । त्यसैगरी, सम्बन्धित अस्पतालको आवश्यकताअनुसार जनशक्ति थपघट गर्ने, आवश्यक औषधि उपकरणका लागि व्यवस्थापन तथा मन्त्रालयमा सिफारिस गर्नेसमेत अधिकार दिइएको छ ।

त्यस्तै, अस्पताललाई आवश्यक आर्थिक सहयोगको सिफारिस गर्ने, कोभिड र नन कोभिड बिरामीको व्यवस्थापन गर्ने र प्राथमिक उपचार नगर्ने अस्पताललाई कार्वाहीको सिफारिससम्मको गर्ने अधिकार दिइएको उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ