२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १९३५ सहित थप ३७४९ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १९३५ सहित थप ३७४९ जनामा कोरोना पुष्टि


काठमाडौं—नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ। काठमाडौं उपत्यकामा बिहिबार मात्र १ हजार ९ सय ३५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा सबैभन्दा बढी १ हजार ६ सय ९२ , ललितपुरमा १ सय ८ र  भक्तपुरमा १ सय ३५ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६४ डिस्चार्ज भएका छन्। त्यस्तै, हाल आइसीयुमा ३ सय १४ जना र भेन्टिलेटरमा ६८ जना संक्रमित उपचाररत छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ