२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा २४०२ सहित थप ४३९२ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा २४०२ सहित थप ४३९२ जनामा कोरोना पुष्टि


काठमाडौं– काठमाडौं उपत्यकामा २ हजार ४ सय २ सहित थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ३ सय ९२ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा २ हजार ४ सय २ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये, काठमाडौंमा १ हजार ७ सय ८४, भक्तपुरमा २ सय ४४ र ललितपुरमा ३ सय ७४ संक्रमित थपिएका छन् ।

नेपालमा हाल ३७ हजार ३ सय ८२ सक्रिय संक्रमित छन् । जसमध्ये १२ हजार ३ सय ३६ जना संस्थागत आइसोलेसनमा छन् भने २५ हजार ४६ जना होम आइसोलेसनमा छन् ।

पछिल्लो २४ घन्टामा ३ हवा ५ सय २२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० रहेको छ ।

हाल ३ सय १५ जना आइसीयूमा उपचाररत छन् भने भेन्टिलेटरमा ७७ जनाको उपचार भैरहेको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा १६ हजार ४ सय ३१ पीसीआर परीक्षण भएको छ । यो सँगै नेपालमा हालसम्म १२ लाख ५४ हजार १ सय ६७ पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ