२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १७४६ जना सहित थप ३१६७ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १७४६ जना सहित थप ३१६७ जनामा संक्रमण पुष्टि


काठमाडौं—नेपालमा थप ३ हजार १ सय ६७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ। काठमाडौं उपत्यकामा शनिबार मात्र १ हजार ७  सय ४६  जना संक्रमित थपिएका छन् । काठमाडौंमा सबैभन्दा बढी १ हजार ४ सय ९१ , ललितपुरमा १ सय ५२  र  भक्तपुरमा १ सय ४३  जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय जना संक्रमित उपचार पछि निको भएका छन् । हालसम्म ९९ हजार ८ सय ४० जना संक्रमित निको भैसकेका छन् ।

देशभर गरेर ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ